Bisal Chautari Logo

‘दि कर्माको टिजर रिलीज: बोल्ड अवतारमा देखिइन परमिता (भिडियो सहित)

- १९ मंसिर २०७६, बिहीबार १५:०६ मा प्रकाशित


The Karma OFFICIAL MOVIE TEASER
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १९ बिहिवार ।
चलचित्र ’दि कर्मा’को अफिसियल टिजर सार्वजनिक भएको छ । माघ १७ गते रिलीज हुने यो चलचित्रको टिजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता बुद्दी तामाङ्गलाई देख्न सकिन्छ ।

चलचित्रमा नायिका परमिता राणाको भूमिका बोल्ड रहेको टिजरबाट अनुमान लगाउन सकिन्छ । टिजरमा नायक करण वर्माले आफ्नो शारिरिक सुगठन देखाएका छन् ।
चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिईएको छ । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र रिलीज गरिने अर्का निर्माता श्रीदेवले बताए।
टिजर हेर्नुहास् :

प्रतिक्रिया