Bisal Chautari Logo

‘प्रेम गीत ३’का बालकलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर

- २० मंसिर २०७६, शुक्रबार १७:०४ मा प्रकाशित


movie Prem geet 3: Anubhav Regmi
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर २० शुक्रवार ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का अभिनेता प्रदिप खड्काको बाल्यकालको भुमिका निवार्ह गरेका कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको यतिबेला मनाङमा छायांकन भैरहेको छ । पोस्टरमा उनलाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ ।

पिरियड ड्रामा चलचित्रमा प्रदीप खड्का, नव–अभिनेता मनिष राउत, नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया