Bisal Chautari Logo

‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक || हाँस्य कलाकारको भुमिकामा विपिन कार्की (भिडियो सहित)

- २२ पुष २०७६, मंगलवार १५:५२ मा प्रकाशित


SELFIE KING – New Nepali Movie Trailer || Bipin Karki
विशाल चौतारी समाचार
काठमाडौ२०७६ पौष २२ मंगलवार ।
विपिन कार्की स्टारर चलचित्र ’सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र माघ २४ गते देखि प्रर्दशन हुँदैछ । चलचित्रमा विपिन कार्की ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन् ।

चलचित्रमा विपिन कार्कीको मुख्य भूमिका रहेको छ । ’सेल्फी किङ’मा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जिवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ । साथमा नायिका केकी अधिकारीले एक गीतमा नृत्य प्रस्तुत गरेकी छिन् । यस चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । ट्रेलर हेर्नुहोस्:

दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको ’सेल्फी किङ’मा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छाँयांकन, जिवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया