Bisal Chautari Logo

राजेश पायल राईको बिहे अन्तिम तयारीमा || एयर होस्टेजको सरप्राइज (भिडियो सहित)

- २६ आश्विन २०७५, शुक्रबार ०४:०७ मा प्रकाशित


Rajesh Payal Rai Marriage smarika shrestha
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, २६ शुक्रबार । राई इज किङ अर्थात राजेश पायल राई नेपालका सबैभन्दा भर्सस्टाइल गायक मानिन्छन् । हरेक गीतदेखि फेसनसम्मको बजारमा चर्चा चल्छ । सबैभन्दा बढी चर्चा हुने विषय भनेको चाही गायक राजेश पायलको बिबाहको विषय रहेको छ ।

अहिलेको चर्चा भने गायक राजेशको अन्तिम बिबाहको तयारीको रहेको छ । गायक राईले एक सुन्दरी युवतीको तस्बिर आफ्नो फेसबुक वालमा राखेका बिषयले निकै रोचक बनेको छ । राजेश पायलले क्यानडा बसेर जेट एयर होस्टेज गरिरहेकी स्मारिका श्रेष्ठको तस्विर पोष्ट गरेपछि अहिले राईका सांगीतिक जगतमा राजेश पायलले शेयर गरेको तस्विरलाई लिएर उनको अन्तिम बिबाहको तयारीसंग अड्कलबाजीहरु शुरु गरिएको छ ।
विगतमा महानायक राजेश हमालले विहे गरेपछि तत्काल आफ्नो पालो आउने बताउँदै आएका राजेश पायल महानायकको विहेपछि आफ्नो विहेको पालो आउने वाचाबाट चुके ।
त्यसपछि सुस्ताएको राजेश पायलको विहेको चर्चा उनले पोस्ट गरेको सुन्दर युवतीको तस्विरसँगै फेरि बढेको छ । अहिले राजेशलाई नजिकका शुभचिन्तकहरुले उनको पोस्टबारे जिज्ञासा समेत जनाइरहेको बताइएको छ ।
राजेश पायलले आफ्ना शुभचिन्तकहरुलाई अब चाँडै विहे गर्ने मुडमा आफू रहेको बताइरहेका बेला उनले पोस्ट गरेको यो सुन्दर तस्विर कतै उनको मुडलाई सफल बनाउने परी त होइनन् ? भन्ने अनुमान हुन थालेको छ । राजेश पायलले मात्र होइन एयरहोस्टेज स्मारिका श्रेष्ठले पनि राजेश पायल राईको तस्विर आफ्नो फेसबकको कभरमै तस्बिर पोस्ट गरेकी छिन् । जसले गर्दा पनि राजेशले कतै विहेको तयारीलाई अन्तिम क्षणमा त र्पुयाइरहेका होइनन् भन्ने शुभचिन्तकको शंका र अनुमानलाई बल पु¥याई दिएको छ । राजेश पायललाई पटक–पटक सञ्चारकर्मीहरुले उनको विहेको विषयलाई उठाउँदै विभिन्न प्रश्नहरु तेर्स्याउने गरेका छन् । तर, उनले विभिन्न वहाना बनाउँदै विहेको कुरालाई तर्काउँदै आएका छन् ।
राजेश हमालको विहेपछि विहेको बाहानाबाट आफूलाई जोगाउन कठिनाइ भोगिरहेका राजेश पायलले आखिर यति सुन्दर एयर होस्टेजकै लागि यतिका वर्ष कुरेका हुन् त ? अनि सञ्चारकर्मीका सयौं प्रश्नहरुको सामना गर्दै आएका हुन् त ? भन्नेसम्मको चर्चा अहिले बजारमा चल्न थालेको छ ।
राजेशले फेसबकको प्रोफइल र स्मारिकाले फेसबककै कभरमा दुबैले एक अर्काको तस्विर राखेर नेपाली सांगीतिक जगतमा ‘सरप्राइज’ सिर्जना गराइरहेका बेला सोध्यौं, ‘तपाईले फेसबुकमा राख्नु भएको तस्विरले त निकै ठूलो तरङ्ग ल्याइरहेको छ नि ? तपाईको जीवनमा एयर होस्टेज प्रवेशको तयारी हो ?’ फर्साइला राजेशले हाँस्दै भने, ‘होइन त्यो तस्विरले त्यति तहल्का मचाइसक्यो ? अहिलेसम्म उनी मेरो फ्रेण्ड मात्र हुन् । त्यहाँ भन्दा अगाडि सोचेंको छैन ।’ हामीले गायक राजेश पायललाई पटक पटक सोध्दापनि उनले मन मिल्ने रहेको जिकिर गरे र उनले थपे ‘मेरो प्रोफाइलमा पहिलेपनि रेखा थापाको फोटो राखेको थिए, यसमा अचम्म पर्नुपर्ने कारण छैन, गायक राजेशले हास्दै बताए । गायक राजेशपायलले भने, ‘एउटा कुरा चाँहि पक्का हो, मेरो विहेको अन्तिम तयारी भइरहेको छ ।’ पटक–पटकको सञ्चारकर्मीको विहेको प्रश्नलाई फर्साइसकेका राजेश पायल यति भनेर मज्जाले हाँसे । हामि त यही कामना गछौ, राजेश पायलको चाडै बिबाह होस् र बिवाहको शुभकामना दिन चाडै पाइयोस ।

प्रतिक्रिया