Bisal Chautari Logo

नेपाल आइडलबाट बाहिरिएका पवन बिरामी || न्ह्यु बज्राचार्यलाई सम्झेर अझै आसु रोकिएन

- १५ मंसिर २०७५, शनिबार ११:४३ मा प्रकाशित


pawan giri interview nepal idol elimination
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर १५, शनिबार । नेपाल आइडलका चर्चित प्रतिस्पर्धी पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन् । भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका पवन उत्कृष्ट ६ बाट बाहिरिएका हुन् । नेपाल आइडलबाट बाहिरिएसंगै पवनले विशाल चौतारी टिभीसंगको कुराकानीमा आफु अस्वस्थ रहेको बताए । साथै नेपाल आइडलबाट बाहिरिदाको समयमा निर्णायक न्ह्यु बज्राचार्यले उनका लागी बोलको शब्दहरु हेरेर अहिलेपनि गाह्रो हुने पवनले बताए ।

विशाल चौतारी टिभीसंगको अन्तर्वार्तामा पवनले के–के भने हेर्नुहोस् :-

उत्कृष्ठ ६ बाट पवन बाहिरिएसँगै विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक नेपाल आईडलको टप ५ मा उक्लिएका छन् ।
नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि पवनका आँसु वर्षिएका थिए । पवन गिरी आउट हुदा नेपाल आइडलका सबै प्रतिस्पर्धी निर्णायक तथा होस्ट लगायत सबै रोएका थिए । जव नेपाल आइडलका जज न्ह्यु बज्राचार्यले तिम्रो लागी आखामा आएको बताए, पवन एकाएक भक्कानिएका थिए । उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया