Bisal Chautari Logo

चलचित्र ‘झिङ्गे दाउ’मा केकीको गाउँले अवतार

- २३ मंसिर २०७६, सोमबार १७:३८ मा प्रकाशित


‘jhinge dau’ nepali movie- keki adhikari
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर २३ सोमवार ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिङ्गे दाउ’ अहिले काभ्रेस्थित भकुेन्डेबेसीमा छायांकन भैरहेको छ । यो चलचित्रमा केकी अधिकारीलाई भिन्न भूमिकामा देख्न सकिन्छ ।

केहि समय अगाडी चलचित्र सेटबाट आँचल शर्माको पनि लुक्स सार्वजनिक भएको थियो । अभिनेत्री आँचल शर्मा जस्तै केकीलाई पनि दर्शकले फरक लुक्समा देख्न पाउनेछन् ।
सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा कलाकारको भूमिकाले अझै उत्साहित बनाउने अपेक्षा निर्देशकको छ । चलचित्रमा केकीको साथमा आँचल शर्मा, मुकुन भुषाल मुख्य भूमिकामा छन् ।
यो चलचित्रमा केकी र आँचलको गेटअप दर्शकका लागि भिन्न हुने अपेक्षा गर्न सकिन्छ । चलचित्रको छायांकन धमाधम भएपनि यसको प्रदर्शन मिति भने तोकिएको छैन ।

प्रतिक्रिया