Bisal Chautari Logo

विराज भट्टको एक्सन चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- १८ पुष २०७६, शुक्रबार १६:१५ मा प्रकाशित


Sanglo | Nepali Movie Trailer|Biraj Bhatta
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष १८ शुक्रवार ।
एक्सन स्टारर विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘साङ्लो’ ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्रधान चलचित्रबाट विराजले निर्देशनमा पनि डेब्यु गरेका छन् ।

लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गरेका विराजलाई दर्शकले निकै साथ दिईरहेका छन् । दर्शकले चलचित्रको ‘चरीले काफ्ल टिप्यो’ बोलको पहिलो गीतलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । यसै चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डक डेब्यु गर्दै्छिन् । यो चलचित्रमा विराज भट्ट र निकिता चण्डकसँगै प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ । ट्रेलर हेर्नुस् :

विराज भट्ट चलचित्र प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा तेज बहादु खड्काको पनि लगानी छ । शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्र माघ २४ गते देखि देशभर प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया