Bisal Chautari Logo

सनिश श्रेष्ठको स्वरमा ‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक (भिडियो सहित)

- २५ पुष २०७६, शुक्रबार ०४:५६ मा प्रकाशित


Ma Yesto Geet Gauchhu 2 song Sanish Shrestha
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष २५ शुक्रबार ।
सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन २’ को उत्कृष्ट चारसम्म पर्न सफल सनिश श्रेष्ठले स्वर दिएका छन् ।

अर्जुन पोखरेलको संगीत र देभल भण्डारीको शब्द रहेको छ । ‘द भ्वाइस अफ नेपाल सिजन २’को फाइनल नहुँदै निर्देशक तथा निर्माता सुदर्शन थापा र संगीतकार अर्जुन पोखरेलले सनिशलाई चलचित्रको गीत अफर गरेका थिए ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’को सफलतापछि दोस्रो गीत सार्वजनिक गरिएको हो । मार्मिक गीतमा नायक पल शाह र पुजा शर्मा फिर्चड छन् । लभ स्टोरी फिल्ममा पल र पुजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकया लगायत कलाकारको अभिनय रहेको छ ।
सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा निर्देशक थापा र नायिका पुजाको लगानी रहेको छ । सौरभ लामाले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ ।

गीत हेर्नुस् :-

प्रतिक्रिया