Bisal Chautari Logo

खोटाङको दिप्रुङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न

- १ असार २०७६, आईतवार ११:५४ मा प्रकाशित


khotang bhaliball game winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ जेठ १ आइतबार ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धरा आयोजित पालिका स्तरीय अन्तर मावि छात्र र छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगीताको फाइनल सम्पन्न भएको छ । प्रतियोगीतामा छात्रतर्फ सरस्वती मावि डाँडाखर्क सप्तेश्वर छितापोखरी प्रथम, शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु दोश्रो र शान्ति मावि टेम्मा तेश्रो भएका छन् ।

यस्तै, छात्रातर्फ धिप्लुङ मावि सेम्मा छितापोखरी प्रथम, कृष्ण मावि टेम्मा दोश्रो र शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु तेश्रो भएका छन् । प्रतियोगीताका विजयी खेलाडीलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।

खेल क्षेत्रको विकासका लागि नेपाल सरकारको शशर्त अनुदान अन्र्तगतको बजेटबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजनामा शनिवार डाँडागाउँको खेलमैदानमा सम्पन्न भएको प्रतियोगीतामा छात्रतर्फ उत्कृष्ट खेलाडी शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुका प्रज्वल बस्नेत र अनुशासित खेलाडी शान्ति मावि टेम्माका सरोज खत्री घोषित भए ।

त्यस्तै छात्रतर्फ उत्कृष्ट खेलाडी धिप्लुङ मावि सेम्मा छितापोखरीकी जानुका मगर र अनुशासित खेलाडी शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुकी अन्सुना परियार घोषित भइन् ।

प्रतियोगीतामा छात्रतर्फ प्रथम स्थान प्राप्त गर्ने टिमलाई १२ हजार, दोश्रो हुने टिमलाई ९ हजार र तेश्रो हुने टिमलाई ४ हजार पाँच सय र छात्रातर्फ पनि प्रथम स्थान प्राप्त गर्ने टिमलाई १२ हजार, दोश्रो हुने टिमलाई ९ हजार र तेश्रो हुने टिमलाई ४ हजार पाँच सय नगदका साथमा ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको आयोजक दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आइटी अफिसर मनिचन्द्र राइले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ११ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया