Bisal Chautari Logo

‘जाइरा’मा नम्रताको मार्शल आर्ट्स लुक्सको तारिफ (फोटो तथा भिडियो सहित)

- ९ जेष्ठ २०७५, बुधबार १४:३९ मा प्रकाशित


namrata shrestha martial arts looks – jayara movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ ८, मंगलबार । लभस्टोरी जनराका फिल्ममा देखिादै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाा फिल्म ’जाइरा’ मा भने एक मार्शल आर्ट्स खेलाडीको फरक अवतारमा देख्न पाइने भएको छ ।
गत मंगलवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मका कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरियो । पोष्टरमार्फत् कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा विपरित ’जाइरा’ का कलाकार फिल्मकै गेटअपमा उपस्थित भएका थिए ।

(भिडियो हेर्नुहोस्)

यस फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल काटेकी अभिनेत्री नम्रता श्रेष्ठलाई मार्शल आर्ट्स लुक्समा देखिदा सबैले गेटअपको तारिफ गरेका थिए । डेब्यू गर्ल सृजना रेग्मी पनि खेलाडी लुक्समै उपस्थित थिइन् । यसमा सम्राट मगर, नम्रताको कोचको भूमिकामा छन् ।
अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको यस फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । निर्देशक आशुतोष राज श्रेष्ठले ’जाइरा’ आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिए । उनले फिल्म एक्सन जनरामा निर्माण भएको बताए । यस फिल्मका लागि अभिनेत्री श्रेष्ठले ५१ बाट ४३ केजी तौल बनाएकी छिन् भने आफ्नो लोभलाग्दो कपाल पनि छोट्याएकी छिन् । नम्रता भन्छिन्, ’सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएा, कपाल काटो र ६ महिना एक्सन सिको । अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने जिम्मा दर्शकलाई सुम्पिन्छु ।’
पहिलो पटक फरक भूमिकामा देखिन लागेका कारण उनको ओठमा खुसीको मुस्कान छल्किएको थियो । सृजना यस फिल्ममा भिलेनको भूमिकामा छिन् । पर्दामा सृजना र नम्रता आमने(सामने हुनेछन् । ट्रेन्ड सिटर्स प्रा.लि. र हाईलीहाईको ब्यानरमा निर्मित यसको कथा निर्देशक श्रेष्ठ आफैंले लेखेका हुन् । लोकेश बज्रचार्यले यसको सम्पादन गरेका छन् ।

प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ’जाइरा’ को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । केशव थापा यस फिल्मका नृत्य निर्देशक हुन् ।

प्रतिक्रिया