Bisal Chautari Logo

ममताको शब्दमा गायक राजेश पायलले अमेरीकामा रेकर्ड गरेको ‘धुवा’ गीत सार्वजनिक (भिडियो सहित)

- २९ जेष्ठ २०७५, मंगलवार ०५:३७ मा प्रकाशित


Rajesh Payal Rai – Udi Haraune Dhuwa Official Songs Mamata Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ जेठ २९, मंगलबार । मेघा स्टार गायक राजेशपायल राईले अमेरीकामा रेकर्ड गरेको ‘उडी हराउने धुवा’ बोलको गीत सार्वजनिक भएको छ । अमेरीकामै रहेर नेपाली गीत संगीतमा इटा थप्दै आइरहेकी गीतकार ममता राईको शब्दमा समावेश रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई विशाल चौतारी मिडिया प्रा.लीबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । राजेश पालयलले भने ‘हामिले नेपाली चलचित्रका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौ । तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’
त्यस्तै गीतकार ममता राईलेपनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुख गरे अनुसार गीत राम्रो बनेको बताइन् ।

Rajesh Payal Rai – Udi Haraune Dhuwa (धुवाँ) Official Songs || Mamata Rai

Udi Haraune Dhuwa (धुवाँ)
singer : Rajesh Payal Rai (Rai Is King)
Lyrics : Mamata Rai
Music/Arrange : Dip Ghatani
Video By : Bishal Chautari Media Pvt. Ltd.

प्रतिक्रिया