Bisal Chautari Logo

अर्पण थापाको ‘घर’को छायांकन २० दिनमा नै सकियो

- १ फाल्गुन २०७५, बुधबार ०४:२१ मा प्रकाशित


arpan thapa ghar moviearpan thapa ghar movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ फाल्गुन ९, बुधबार ।
हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायांकन २० दिनमा नै सकिएको छ । चलचित्रको छायांकन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् ।

काठमाण्डौका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रमा कथा पनि उनकै छ ।
चलचित्र ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।
चलचित्रको बिषयमा निर्मात्री पाण्डेले भनिन्–‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायांकन चाडै नै सकियो । दिनरात नभनी काम गरेका छौ । चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेका नेपाली चलचित्रले दर्शकलाई छुट्टै खालको महशुश गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ ।’
चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा निरज कँडेलको छायांकन छ । चलचित्रमा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताको रुपमा छन् ।
चलचित्रका प्रस्तुतकर्ता मध्येका एक दिपेन्द्रले भने–‘यो चलचित्रले दर्शकलाई तर्साउनेछ । हामीले कथावस्तुदेखि धेरै कुरामा मिहिनेत गरेका छौ । अब, भीएफएक्सको पनि काम धेरै छ । प्रदर्शन मिति चाडै नै तोक्नेछौ ।’
चलचित्रमा नायिका बेनिशा हमालको गेटअप केही फरक देखिएको छ । बेनिशाले आफ्नो गेटअपको बिषयमा केही खुलाउन नमिल्ने बताइन् । नायिका सुरक्षा पन्त यो चलचित्रमा अर्पणकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।

प्रतिक्रिया