Bisal Chautari Logo

वर्षाले भनिन्, ‘पुरानो बुलेटमा अनुपको अहिले सम्मकै उत्कृष्ट काम’ (भिडियो सहित)

- १ चैत्र २०७५, शुक्रबार १८:१५ मा प्रकाशित


Purano Bullet movie Hall Report
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १ मंगलबार ।
चलचित्र ‘पुरानो बुलेट’को पहिलो शोमा प्रेस तथा केही चलचित्रकर्मीहरुले सिनेमा हेरेका छन् । चलचित्र हेरेर निस्किएका सबैले रुचाएका छन् ।
शुक्रबार कमल पोखरीस्थित कुमारी हलमा राखिएको ‘पुरानो बुलेट’को प्रेस शोमा उपस्थित भएका निर्देशक मिलन चाम्सले धेरै पछि राम्रो फिल्म हेर्न पाइएको बताए । फिल्म निकै मौलिक बनेको र फिल्ममा उठाएको पूर्वेली संस्कृति राम्रो लागेको निर्देशक चाम्सले बताए । चाम्सले थप्दै भने ‘समाजमा भइरहेको विदेश जान चाहने युवा ठगिएको कथा र ति युवाले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश रमाइलो किसिमले प्रस्तुत गरिएको छ । साथै यो फिल्मको प्रस्तुति एकदमै राम्रो, र कलाकारहरुको अभिनय जिवन्त रहेको छ । दर्शकहरुले फिल्म मनपराउनु हुन्छ होला’, निर्देशक चाम्सले बताए ।

चलचित्र हेरेर बाहिर निस्किएका सबैको राम्रो प्रतिकृया आएपछि सबै कलाकारहरुले नव निर्देशक भिषण राईको तारिफ गरेका थिए । अभिनेता अनुप विक्रम शाहीले आफुलाई एक गाउले क्यारेक्टरमा विश्वास गरेकोमा निर्देशक भिषणलाई धन्यवाद दिए । अनुपले निभाएको क्यारेक्टरको सबैले तारिफ गरेका थिए ।

अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुले फिल्म प्रति सन्तुष्ट भएको बताए । वर्षाले अभिनेता अनुपको कामको तारिफ गर्दै अहिले सम्मकै उत्कृष्ट काम पुरानो बुलेटमा देखिएको बताइन् । वर्षाले थप्दै भनिन्, नव निर्देशक भएपनि भिषण जीको काम परिपक्कता देखिएको छ ।
चलचित्र अभिनेत्री नम्रताले श्रेष्ठलेपनि हरेकी थिइन् । अभिनेत्री नम्रताले अनुपसंगै पुरानो बुलेट टिमको तारिफ गरिन् । त्यस्तै पुरानो बुलेटकै कलाकार कविता आलेलेपनि सिनेमा हेरेर धेरै ठाउमा राएको बताइन् । निर्देशक भिषण राईले तीन फिल्म जुध्दा कुनै फरक नपर्ने बताए । उनले भने, ‘तीन फिल्म रिलिज भए पनि हाम्रो दर्शक आफ्नै हुन्छन् । घरबाटै पुरानो बुलेट हेर्छु भनेर आउने हाम्रो दर्शक हुन । हलमा आएर यो फिल्म हेरौं कि त्यो फिल्म हेरौं भन्ने दर्शक हाम्रो दर्शक होइनन् ।’

प्रतिक्रिया