Bisal Chautari Logo

‘जात्रै जात्रा’को गीत रिलिज || करिश्मा, निश्चल र साराको ‘माया पिरिम’

- ३ चैत्र २०७५, आईतवार १२:१४ मा प्रकाशित


JATRAI JATRA Movie Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत ३ आइतबार ।
चलचित्र ‘जात्रै जात्रा’को ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै चलचित्रको प्रर्दशन मिति पनि हेरफेर गरिएको छ । पहिला चलचित्रले वैशाख १३ गते प्रर्दशन मिति तय गरेको थियो भने अब यो चलचित्र जेठ ३ गते ‘विर विक्रम २’ सँगै प्रर्दशन हुँदैछ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत तथा चलचित्रको नया प्रर्दशन मितिपनि सार्वजनिक गरेको छ ।
निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतमा वर्षा राउत, विपिन कार्की, करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिल्पाली, दयाहाङ राई, रविन्द्र झा फिचर्ड छन् ।
बैवाहिक माहोललाई तताउनको लागि करिश्मा, निश्चिल र सारा पुगेका हुन् । लेखु सहयात्रीको शब्द रहेको गीतमा कृष्ण भारद्वाजले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

करिश्मा र सारासंग निश्चलको ठुम्का 

प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रमा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । शिव राम श्रेष्ठले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । चलचित्रको कथा निर्देशक भट्टराईले नै लेखेका हुन् ।

Maya Pirim – JATRAI JATRA Movie Song || Nischal Basnet, Karishma Manandar, Daya, Bipin, Barsha ,Sara

प्रतिक्रिया