Bisal Chautari Logo

अनमोल र सुहाना युट्युब ट्रेन्डिङ १ मा || ‘ए मेरो हजुर ३’को गीत दर्शकले रुचाए

- ३ चैत्र २०७५, आईतवार १२:५३ मा प्रकाशित


A Mero Hajur 3 song trending song #1
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत ३ आइतबार ।
चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दीन’ बोलको गीत युट्युब ट्रेण्डिङको शिर्ष स्थान १ मा पुगेको छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको केमेष्ट्रीलाई दर्शकले अत्याधिक रुचाउदै यो गीत सार्वजनिक भएको ४८ घण्टामा ट्रेन्डिङको शिर्ष स्थानमा पुग्न सफल भएको हो ।

यो गीत रिलिज भएको २ दिनमा १२ लाख माथी भ्युज मिलेको छ । यो गीतलाई ५२ हजार लाइक्स र ६ हजार बढी कमेन्ट मिलेको छ । युट्युबको कमेन्ट बक्समा अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गरेको सांगीतिक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराएका छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

Jindagi Nai Bhandina | A Mero Hajur 3 | New Nepali Movie Song 2019 | Anmol KC, Suhana Thapa

प्रतिक्रिया