Bisal Chautari Logo

वर्षाले भनिन्, ‘हनिमुन छोट्याएर ‘जात्रै जात्रा’को प्रोमोशनका लागी आएकी हु’

- २४ बैशाख २०७६, मंगलवार ०५:०२ मा प्रकाशित


barsha raut jatrai jatra movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख २४ मंगलबार ।
लामो समय प्रेम सम्बन्धमा रहेर गत फागुनमा मात्र बैबाहिक जीवनमा बाँधिएका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला करीब २ हप्ता लामो हनिमुन ट्रिप सकेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किए लगतै अभिनेत्री वर्षा आफू अभिनीत फिल्म ‘जात्रै जात्रा’को प्रोमोशनमा जुटेकी छिन् ।

सोमबार मिडियासँगको कुराकानीमा सञ्चारकर्मीले हनिमुन छुट्याएरै आउनुपर्ने कारण के थियो भन्ने प्रश्नमा अभिनेत्री वर्षाले चलचित्र ‘जात्रै जात्रा’को प्रोमोशनका लागी चाडो आएको बताइन् । भनिन्, ‘सायद हनिमुन भन्दापनि यो (जात्रै जात्रा) धेरै इम्पोर्टेन्ट थियो जस्तो लाग्छ मेरो लाइफमा अहिले । थप्दै भनिन्, ‘सबैजना प्रोमोशनमा हिडिराख्दा आफु त्यहा गएर रमाइलो गर्नपनि मन नलाग्ने रहेछ ।’ वर्षाले यही चलचित्रकै लागी भनेर हनिमुन छोट्याएर आएको बताइन् । वर्षा अभिनीत फिल्म ‘जात्रै जात्रा’ जेठ ३ मा रिलिज हुँदैछ ।

चलचित्र ‘जात्रै जात्रा’मा अभिनेता दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया