Bisal Chautari Logo

‘जात्रा’को इन्ड गेम ‘जात्रै जात्रा’–निर्देशक || ५ वर्षपछि मात्रै युटुवमा आउने –निर्माता

- ३ जेष्ठ २०७६, शुक्रबार १६:३३ मा प्रकाशित


jatrai jatra movie review
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ जेठ ३ शुक्रबार ।
केही वर्ष अगाडि प्रदर्शनमा आएको प्रदीप भट्टराईद्धरा निर्देशित सफल चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । चलचित्र शुक्रवार राजधानीको कुमारी हलमा भएको ‘स्पेशल स्क्रिनिङ’मा राम्रो प्रतिक्रिया मिलेको छ ।

चलचित्रकर्मी, दर्शक र सञ्चारकर्मीले सिनेमाको प्रशंसा गरेका छन् । चलचित्र हेरेर बाहिरिएका सम्पुर्ण चलचित्रकर्मी, दर्शक र सञ्चारकर्मीहरुले अत्यन्तै राम्रो प्रतिकृया दिए । उपस्थित दर्शकहरुले निर्देशक प्रदीपको कामको तारिफ गर्दै उचालेका थिए ।

भिडियो हेर्नुहोस्

सिनेमा हेरेपछि चलचित्रको बारेमा बोल्दै यस चलचित्रका निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाले चलचित्र ‘जात्रै जात्रा’ पाच वर्ष पछि मात्र युटुबमा हाल्ने निर्णय निर्माण टिमको भएको बताएका छन् । बानियाले भने ‘पँच वर्षपछि मात्रै युटुवमा फिल्म हाल्ने सहमती डिजिटल राइटस् लिएको ओएसआर स“ग सम्झौता भएको छ ।’ पछिल्लो समय नेपाली चलचित्रहरु रिलिज भएको ३ देखी ७ महिनाको बिचमा युटुबमा आउने गरेको छ । युटुवमा चलचित्र पर्खिने बानीले हलसम्म दर्शक नगएको फिल्मकर्मीकै भनाइ रहेको छ ।

त्यस्तै चलचित्रको बारेमा बोल्दै निर्देशक प्रदीप भट्टराईले ‘जात्रै जात्रा’ सिक्वेल नबन्ने स्पष्ट पार्दै इन्ड गेम भएको बताए । प्रदीपले भने ‘अब ‘जात्रा’को सिक्वेल बन्दैन, यो इन्ड गेम नै हो ।’ सिरिज निर्माण हुनसक्ने संकेत गर्दै नयाँ कथामा फरक किसिमको जात्रा बनाउन सकिने निर्देशक भट्टराईले बताए ।
त्यस्तै अभिनेत्री वर्षा र अभिनेता विपिनले फिल्म रिलिजपूर्व मनमा डर भएता पनि दर्शकको प्रतिक्रियापछि खुसी भएको बताए । साथै चलचित्र दर्शकको ठाउमा बसेर हेरिरहदा केही सिनमा वर्षा रोएको बताइन् ।

मल्टीस्टारर चलचित्रमा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा मल्टीस्टारर भएका कारणपनि मल्टीप्लेक्समा उल्लेख्य सोज पाएको छ, भने सिंगल थिएटर पनि दर्शकको चाप बढेको छ ।

प्रतिक्रिया