Bisal Chautari Logo

‘माछा माछा’ लाई प्रिमियरमा रुचाइयो (फोटोफिचर तथा भिडियो)

- १८ मंसिर २०७६, बुधबार १६:२८ मा प्रकाशित


machha machha movie premiere
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १८ बुधवार ।
सौगात मल्ल स्टार चलचित्र ‘माछा माछा’को आज बुधवार प्रिमियर गरिएको छ । यही मंसिर २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियरमा कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा चलचित्र ‘माछा माछा’लाई सकारत्मक प्रतिकृया मिलेको छ ।

सुनिल गुरुङको डेब्यु निर्देशनमा बनेको चलचित्रमा मुख्य पात्रमा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ लयायत रहेको छन् । क्राइम कमेडी जनरामा बनेको चलचित्रमा तीन जना गाउँले ( सौगात, विजय, अनोज ) युवाले सहरमा जीवन गुजारा गर्दा गर्नुपरेको संर्घषको कथा चलचित्रले उठाएको छ । यि तिनै पात्रको वरिपरी सिनेमा घुमेको छ ।

बिग मुभिजमा भएको प्रिमियरमा दयाहाङ राई, रामबाबु गुरुङ, मिरुना मगर, गौरव पहारी, बुद्धि तामाङ, असिफ शाह लगायतको उपस्थिति रहेको थियो ।
अभिनेता दयाहाङ राई र निर्देशक रामबाबु गुरुङले लगानी गरेको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, अनुपम शर्माको सङ्गीत र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको ’माछा माछा’मा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह–लगानी छ ।

प्रतिक्रिया