Bisal Chautari Logo

प्रेममा भुल्दै पल-आँचल (भिडियो सहित)

- २ श्रावण २०७५, बुधबार ११:२४ मा प्रकाशित


Paul Shah & Aanchal Sharma song JUN MA RAKHU TIMILAI
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २, बुधबार । ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतले प्रेमील जोडीको भावना बोलेको छ ।
केहि समययता भिडियोमा सँगै नदेखिएका पल र आँचल पुन: एकपटक भिडियोमा आएका हुन् । यसबीचमा नायिका शर्माले केहि म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नायक शाहले भने केहि ग्याप गरेका थिए ।
सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया