Bisal Chautari Logo

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिमा बर्थिङ सेन्टर उद्घाटन

- २ असार २०७६, सोमबार १४:५६ मा प्रकाशित


khotang news
विशाल चौतारी समाचार
खोटाङ, २०७६ असाढ २ सोमबार ।
सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउँका लागि गाउँपालिकाको पहलमा स्वास्थ्य चौकी टेम्मामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा बर्थिङ सेन्टरको उद्घाटन रिबन काटेर आज सोमबार दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष भुपेन्द्र राईले गरेका छन् ।

गाउँपालिकाले २ लाख ५० हजार बराबरको डेलिभरी बेड, सक्सन मसिन, पेरि लाइट, अटो क्लेभ , तौल मसिन, गम्बु ब्याग लगायत अन्य विभिन्न सामाग्री खरिद गरि बर्थिङ सेन्टर संचालन ल्याएको हो । ५ कोठे स्वास्थ्य चौकीको भवनमा १ कोठा बर्थिङ सेन्टर, १ कोठा तालिम हल, १ कोठा प्रशासन, १ कोठा मातृसेवा परिवार नियोजन खोप ओ.पि.डि. र १ कोठा स्टोर रहेको छ ।

सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको पनि अध्यक्ष राईले बताए ।

टेम्मा बर्थिङ सेन्टर दिप्रुङ चुईचुम्मा गाउँपालिकाको चौथोे बर्थिङ सेन्टर हो । आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि यसअघि डाँडागाउँ, याम्खा र सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना भइसकेको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् । ७ वडामध्ये बाँकी ३ वडामा पनि क्रमशः बर्थिङ सेन्टर स्थापना गरिने गाउँपालिकाले जनाएको छ । ६ जना दरबन्दीमा १जना हे.अ., २ जना अ.हे.व., २ जना अ.न.मि. र १ जना का.स. रहेकोमा हाल ४ जना मात्र कर्मचारी रहेको छ । १ जना अ.हे.व. र १ अ.न.मि. को कोटा रिक्त रहेको छ ।

प्रतिक्रिया