Bisal Chautari Logo

खोटाङको दिप्रुङ चुइचुम्मामा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु

- ३१ जेष्ठ २०७६, शुक्रबार १७:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
खोटाङ, २०७६ जेठ ३१ शुक्रबार ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अन्तर मा.वि. छात्र र छत्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ ।

आज शुक्रबारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित अन्तर मा.वि. छात्र र छत्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले गरेका थिए ।

प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ११ टिम समाबेश भएका छन भने यो कार्यक्रम भोलि शनिबार समाप्त हुनेछ । छात्र तर्फको प्रथम हुने टिमलाई १२ हजार, द्वितीय हुने टिमलाई ८ हजार र तृतीय हुनेलाई ५ हजार पुरस्कार रहेको छ ।
त्यस्तै छात्रा तर्फ प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ४ हजार पुरस्कार राशि रहेको छ ।

प्रतिक्रिया