Tanka Budathoki and Paul Shah music video
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष २५ शुक्रबार । चर्चित गायक, संगीतकार टंक बुढाथोकीको शब्द, संगीत तथा स्वरमा ‘रातो गुलाब’ बोलको गीत सार्वजनिक भएको छ । आज शुक्रबार सार्वजनिक भएको भिडियोमा टंक सहित अभिनेता तथा मोडल पल शाह र अन्य एक दर्जन कलाकारहरुले मोडलिङ गरेका छन् । मल्टिस्टरहरु समावेश गरिएको म्युजिक भिडियोलाई टंकको कन्सेप्टमा कविराज गहतराजले निर्देशन गरेका छन् ।
गीतमा टंकलाई कविता सिवाकोटीले स्वरमा साथ दिएकी छिन् । भिडियोमा टंक र पलसँगै बिना राउत, कविता स्वंयम, शोभित बस्नेत, अस्मिता सुन्दर जुरेली, रञ्जन अर्याल, अशोक दर्जी, एआर बुढाथोकी, आयुष गुरागाईं, अँशु गुरागाईं, सालिजा ओली र सेली ओली छन् । छोरा एआर बुढाथोकीको जन्मदिनको अवसर पारेर टंकले ‘रातो गुलाब’ शुक्रबार सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया