अर्पण, दीया र प्रशान्त ‘कस्मिक लभ’मा

cosmic love nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ १९, बुधबार । अभिनेताद्वय अर्पण थापा, प्रशान्त ताम्राकार र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ अभिनय गर्ने भएका छन् । जय गौतमले निर्माण गर्ने आगामी चलचित्र ‘कस्मिक लभ’मा यी तिन कलाकारहरु फाईनल भएका हुन् ।
मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरु भने फाईनल हुन बााकी रहेको जानकारी बाहिरीएको छ । चलचित्रलाई शंखर अधिकारीले निर्देशन गर्दैछन ।
यहि असारको १ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ ।

bisalchautari tv ad