चलचित्र ‘घामड शेरे’ हेर्न चर्चित सेलेब्स उपस्थित, सेलेब्सले गरे तारिफ

‘dhamad sere’ premier show
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २२ शुक्रवार ।
रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड गरिएको चलचित्र ‘घामड शेरे’ शुक्रबार आजबाट रिलिज भएको छ ।

भक्तपुरको भाट- भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो चलचित्र स्वरुप ‘घामड शेरे’ प्रिमियर गरिएको हो।
निक्कै आशा गरिएको चलचित्र हेर्न चर्चित सेलेब्स उपस्थित भएका थिए । हेमराज बिसी निर्दे्शित चलचित्र हेरेपछि सम्पूर्णले तारिफ गरे । कथाबस्तु, प्रस्तुति, अभिनय, छायाँकन र साउण्डको विधामा चलचित्र अब्बल पाएको उपस्थित पाहुनाहरुले प्रतिक्रिया दिए ।
एक शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको चलचित्रमा निश्चल बस्नेतले शिर्ष भूमिका निर्वाह गरेका छन् । उक्त पात्रको घामड व्यवहारले कहाँसम्मको परिस्थिति निम्त्याउछ, निर्देशकले कलात्मक रुपमा प्रस्तुत गरेका छन् । यसलाई निर्दशक बिसीको उत्कृष्ट चलचित्र भनिएको छ । साथै निश्चलको कामको सबैले तारिफ गरेका छन ।
नेपालको प्रशासनिक व्यवस्था, साली-भेनाको सम्बन्ध, वैदेशिक रोजगारले निम्त्याएको परिस्थितिलाई पनि चलचित्रले बुनेको छ ।
यस चलचित्रमा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भूमिका छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा भित्र्याइएको छ ।
बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित चलचित्रको कथा र लेखनसमेत निर्देशक बिसीको हो । रिलिज पुर्वको हाइप र हलरशोज संख्याको कारण चलचित्रले राम्रो व्यापार गर्ने अनुमान छ ।
चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।