‘इन्टु मिन्टु लण्डनमा’ ६ देशमा प्रर्दशन हुदै || विदेश डिमान्ड बढ्दो

dhiraj magar and samragyee rl shah movie intu mintu london ma
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, ९ मंगलबार । रेनशा वान्तवा राई निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ नेपालमा भब्य सफलताका साथ प्रदर्शनर भइरहेको चलचित्र अक्टोबर महिनादेखि विभिन्न देशमा पनि लाग्ने भएको छ । धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्रकार स्टारर फिल्मको विदेश यात्रा अष्ट्रेलियाबाट सुरु हुनेछ ।
रेनशा वान्तवा राई निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ अक्टोबर १०, ११ र १२ तारिखमा अस्ट्रेलियामा लाग्नेछ । यस्तै अक्टोबर २१ मा कोरिया, अक्टोबर २९, ३०, ३१ युके, नोबेम्बर ३ पोल्याण्ड, नोभेम्बर ९ हङकङ र नोबेम्बर १५ देनर्माकमा जाने तय भएको छ । अहिले सम्म ६ देशमा प्रर्दशनको तय भइसकेको र त्यसपछि जापान, अमेरिका, सिंगापुर, ब्रुनाइ लगायत देशहरुमा चलचित्रको कुरा भइरहेको निर्देशक रेनशाले जानकारी दिइन् ।
आइकोर फिल्मसको प्रस्तुती रहेको फिल्म म्युजिकल लभ स्टोरीमा बनेको छ । चलचित्रकोे सम्पूर्ण जसो छायाँकन लण्डनमा गरिएको हो ।

अन्तर्वार्ता हेर्नुहोस् :-