‘ड्रिम गर्ल’ ट्रेलरमा आकाश र आश्माको प्रेम, विल्सन र शिशिर भिलेन (ट्रेलर हेर्नुहोस्)

DREAM GIRL Movie Akash Shrestha and Ashma Giri
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, १६ मंगलबार । अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘ड्रिम गर्ल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा उनको जोडी नव–अभिनेत्री आश्मा गिरीसँग बाँधिएको छ । अभिनेता आकाशको गत महिना ‘रामकहानी’ रिलिज भएको थियो ।
थाइल्याण्ड र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा प्रेम, द्वन्द्व, रोमान्स, विछोड सबै अटाइएको छ । आकाश र आश्माको प्रेममा कलाकार द्वय विल्सन विक्रम राई र शिशिर भण्डारी भिलेन बनेका छन् । ट्रेलरमा केही घतलाग्दा प्रेमिल संवादहरु राखिएको छ ।
मंसिर ७ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको फिल्मका निर्देशक ऋषिराज आचार्य हुन् । ‘ड्रिम गर्ल’ मा सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतले पनि अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । यस फिल्मको सह(निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ ।
‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक ऋषिराजले निर्देशन गर्ने नयाँ दुई फिल्मको पनि घोषणा गरिएको छ । फिल्ममा नाम ’चुरीफुरी’ र ’द्रौपदी’ जुराइएको छ । स्क्रिप्टको फाइनल ड्राफ तयार भएपछि कलाकार छनौट गरिने निर्देशक आचार्यको भनाई छ ।

ट्रेलर हेर्नुहोस् :-