‘उसको प्रेम पत्रले आसु नै झरेछ’ (GARIMA PANTA FIRST LOVE)

Garima panta first love

विशाल राईसंगको कुराकानीमा आधारीत 

ब्रकेर : पहिलो प्रेम पत्रमा लेखिएको थियो–‘आकाशभन्दा फराकिलो जुनभन्दा चम्किलो, तिमी मेरी मायालु मेरो तिमीलाई छ आई लव यु’ । त्यो उमेरमा पनि त्यो चिठीले मलाई कताकता निकै भावुक पो बनाएछ । आसु नै झरेछ ।’

Garima panta first love

खोटाङ, २०७१, पौष २०, आइतबार । म बालापनमा एकदमै चञ्चले स्वभावकी थिए । तनहुको बरादी–२ स्थित मित्र तारा स्कुलमा पढ्थे । त्यही ६ कक्षामा छदा म पहिलोचोटि डेटिङ गएकी थिए । केटाचाहि मभन्दा दुई कक्षामाथि आठमा पढ्थे । उनको नामको पहिलो अक्षर ‘र’ बाट सुरु भएको थियो ।Garima panta first love (3)
उनी मलाई खुब माया गर्दा रहेछन् । एक दिन राम्रा–राम्रा चित्र बनाएर मेरो कापीको चेपमा घुसारिदिएछन् । तिनै चित्रको बीचमा मायाका शब्द पनि लेखेका रहेछन् । घरमा आएर हेर्दा पो त्यो चिठी थाहा पाए । लेखिएको थियो– ‘आकाशभन्दा फराकिलो जुनभन्दा चम्किलो, तिमी मेरी मायालु मेरो तिमीलाई छ आई लव यु’ । त्यो उमेरमा पनि त्यो चिठीले मलाई कताकता निकै भावुक पो बनाएछ । आसु नै झरेछ ।
त्यो चिठी पठाउनुअघि पनि उनी मलाई निकै केयर गर्थे । मसग नजिक भइरहन्थे । मेरो पेनको मसी सकिदा आफ्नो पेन मलाई दिन्थे । स्कुलमा बिच्छीमन्तर खेल निकै खेलिन्थ्यो । उनी पनि खेल्न आउथे । त्यसमा एउटा व्यक्तिले जसलाई पनि पिट्न पाउने नियम हुन्थ्यो । अरु सबै जना ऊबाट भाग्नुपथ्र्यो । खेल्ने क्रममा मैले उनलाई एक दिन अनुहारभरि माटो पोतिदिएकी थिए । तर, उनी त त्यसो गर्दा पनि केही नभनी, नभागीकन बसिरहे ।Garima panta first love (1)
एक दिन खेल्दै गर्दा कक्षामा टिचर आएछन् । सबै साथी कम्पाउन्डको वाल जम्प गर्दै कक्षाकोठातिर लागे । अलि अग्लो ठाउ भएकाले मैले जम्प गर्नै भ्याइन, उनैले हात दिए । उनको हात समाएर माथि चढ्न खोज्दा कसोकसो लड्न पुगे । मेरो हातमा चोट लागेछ, उनले हत्तपत्त रुमाल निकालेर बाधिदिए, रगत जान दिएनन् । त्यति बेला मलाई उनी साह्रै हेल्पफुल लागे ।
उनले मरिहत्ते गरेर चिठी लेखेपछि मैले पनि त्यसको रिप्लाई पठाए– स्कुलनजिकैको आपको चौतारीमा भेटौ भनेर । त्यही आए उनी, म पनि पुगे । पहिला मै बोले– ‘तिमीले नै चिठी पठाएका हौ ?’ उनी केही बोल्नै सकेनन् । फेरि सोधे– ‘मलाई माया गर्छौ ?’ उनले अकमकाउदै भने– ‘अँ.. मैले चिठीमा मेरो मनको कुरा लेखेको हुँ ।’ उनी फूल लिएर आएका रहेछन् । मलाई दिन खोज्दै थिए, अरु साथीहरु पनि आएर गिल्ला गरे । खासमा मैले नै ती साथीलाई आउनु भनेकी थिए, उनलाई उल्लू बनाउन । त्यसपछि उनी निराश देखिए, घर फर्के । स्कुलै आएनन् । भोलि आउलान् भन्दाभन्दै १५ दिनसम्म आएनन् । १६ औं दिन बल्ल आइपुगे । त्यो अवधिमा उनी अस्पताल पो भर्ना भएछन् । उनी स्कुल त आए, त्यसपछि कहिल्यै पनि मसग बोलेनन् । केही वर्षको अन्तरालमा बिहे गरेछन् । त्यो कुरा सधै याद आइरहन्छ । आत्मग्लानि हुन्छ– प्रेम नगरे पनि उनको राम्रो साथी बनेको भए त भइहाल्थ्यो नि ।

(सौर्य दैनिकमा प्रकाशित)