भ्यालेन्टाइन डे विशेष || कुरा छिनेपछी लभ पर्‍यो – जितु नेपाल ( भिडियो सहित)

jitu nepal Valentine’s Day Special 2015

भ्यालेन्टाइन डे विशेष

विशाल राईसँग लवस्टोरी संवाद्

jitu nepal Valentine's Day Special 2015

ब्रेकर : ससुरालीमा मानमर्द नै धेरै । खाना खाँदा पनि अनेक प्रकारका तरकारी बनाएका हुन्थे । मलाई एकदमै अड लाग्थ्यो । ज्वाइँ मान्छे केही बोलिहाल्न पनि भएन । यसै त हास्य कलाकारलाई जोकर भन्छन्, त्यसमाथि कस्तो ज्वाइँ रै’छ भन्लान् भन्ने डर ? एक दिन श्रीमतीलाई आफ्नो अप्ठ्यारो सुनाएँ, त्यसपछि चाहिँ ससुराली अहिले मेरो घरजस्तो भएको छ ।

जितु नेपाल, हास्य अभिनेता
बूढापाकाहरुले भनेको उखानमा मलाई विश्वास लाग्छ– एकोहोरो रोटी पाक्दैन । साँच्चै नै पाक्दो रहेनछ । कुनै समय थियो, म कसैलाई निक्कै मन पराउँथें । तर, उनीचाहिँ मलाई फुटेको आँखाले पनि देख्न चाहँदी रहिनछिन् । अनि कहाँबाट पाकोस् मायाको रोटी ? जब थाहा पाएँ, तिनले मलाई मन पराउँदिनन्, मलाई पनि ती विस्तारै नराम्री लाग्न थालिन् । त्यसै कारण मलाई कम्तीमा पीडाचाहिँ हुन पाएन, त्यो एकोहोरो माया त्यत्तिकै बिलाएर गयो ।

उमेरले २८ टेकेपछि घरबाट बिहे गर भनेर प्रेसर आउन थाल्यो । मलाई पनि बिहे गर्ने उमेर भएझैं लाग्यो । दश वर्षअगाडिको कुरा । विवाह नै गर्ने भएपछि मैले घरमा मागीविवाहको प्रस्ताव गरें । नातेदारमार्फत एउटी केटीको कुरा आयो । केटा र केटी देखादेख हुने भयो । केही आफन्तसहित उनलाई हेर्न गइयो । महाराजगन्जको नारायणगोपाल चोकनजिकै उनका आफन्तको डेरा रहेछ । उनी त्यहीँ आएकी रहिछन् । हामीबीच हेराहेर भयो । त्यतिबेला म टेलिभिजनमा गिताञ्जली कार्यक्रम चलाउँथे । त्यहाँ पनि धुस्रे र फुस्रे भएरै गएको थिएँ । भेट्नेबित्तिकै उनलाई नमस्कार गरेँ । लमी दाइले इसारा गरे– यिनै हुन् केटी ? उनको नाम मुना रहेछ । उनको लुक्स नै मलाई साह्रै राम्रो लाग्यो । त्यसभन्दा अघि पनि केही केटी नहेरेको हुइनँ तर उनीजस्ती राम्री कोही लागेनन् । फेरि नमस्कार भन्दै बाहिरिएँ ।

लमी दाइ सोध्न थाले– ‘के त कुरा अगाडि बढाऊँ कि नबढाउँm ?’ उनले सोध्नुभन्दा पहिल्यै डिसिजन गरिसकेको थिएँ मैले– ‘कुरा अगाडि बढाउने होइन, सीधै ओके गर्नुस् ।’ मनमा खुल्दुली थियो– फेरि उनले पो ओके गर्ने हुन् कि होइनन् ? पहिले पनि एकतर्फी मन पराएर धोका खाएको मान्छे परियो आफू ? फाइनल गरेर चाँडै बिहे गरिहाल्न पाए हुन्थ्यो ?

jitu nepal Valentine's Day Special 2015 (3) jitu nepal Valentine's Day Special 2015 (2) jitu nepal Valentine's Day Special 2015 (2) jitu nepal Valentine's Day Special 2015 (1) jitu nepal Valentine's Day Special 2015
<
>

फपिर्ङको घुमाउने पोखरीनजिकै छ उनको घर । परिवारले घरमै आउन आग्रह गरे । मलाई पनि उनलाई कतिखेर देखुँजस्तो भइरहेको थियो । छिटोछिटो बाइक चलाउँदै थिएँ, चिप्लो बाटो पारेछ, डंग्रङङै लडिहाल्यो । हिलाम्मे भएँ, ड्रेस खत्तमै भयो । नजिकैको कुवामा यसो पुछपाछ गरेर उनको घर पुगियो । सामान्य कुराकानी भयो । उनका बाबाममीले ओके गर्नुभएछ । फिल्मतिरजस्तै एउटा कोठामा थनेर कुराकानी गराउने हुन् कि भनेर अलिअलि अप्ठ्यारो पनि लाग्दै थियो । धन्न त्यस्तो भएन ?
फकिर्नुभन्दा पहिला उनलाई आफ्नो फोन नम्बर दिन चाहन्थें, तर अप्ठ्यारो लाग्यो । परिवारकै एक सदस्यलाई नम्बर दिएर फकिएँ । र्उनले आफैंले बुझेर फोन गरिदिए हुन्थ्योजस्तो लागिरह्यो घर आएपछि । अपरिचित नम्बरबाट फोन आउनासाथ हत्तपत्त उठाइहाल्थें । उनै हुन् कि जस्तो लाग्थ्यो । एक दिन भयो पनि त्यस्तै । अपरिचित नम्बर आयो । झटपट उठाएर सोधिहालें– ‘को बोल्नु भएको ?’ उताबाट उत्तर आयो– ‘म मुना बोलेको ।’ मन खुसीले उफ्रिन थाल्यो । अत्तालिँदा–अत्तालिँदै ठाडै सोधेछु– ‘ए तिमी… के छ खबर, तिमीलाई म मन परें ?, बिहे गर्ने होइन त ?’ उनले लजाउँदै भनिन्– ‘छया तपाईं त ? ’ त्यसपछि त के थियो, भर्खरै लभ परेका केटाकेटीजसरी फोनमा झुमिन थाल्यौ । परिवारमा भएका कुराकानी मलाई सुनाउन थालिन् । उनी परिवारबारे जति बताउँथिन्, मलाई उत्ति नै आफ्नोपनको अनुभूति हुन्थ्यो ।
एक दिन उनले केही अगाडि खिचिएका फोटो हेर्ने बहानामा भेटौं भनिन् ।
मलाई पनि देख्न मन लागिरहेको थियो । उनलाई कलंकीमा भेटें अनि कालिमाटीको बेकरी क्याफेमा ल्याएँ । मम अडर गर्‍र्यौं । बेकरीमा सँगै बस्दा अलि अप्ठ्यारो लाग्यो । भेटे पनि उति धेरै बोलिरहेका थिएनौं, उनी त मलाई केही पनि सोध्दैनथिन् । तैपनि फोटोहरु हेर्ने बहानामा केही बोलचाल गर्‍यौं । उनले मेरो प्रशंसा गरिन्, मैले उनको । निकै समयदेखि सोध्न मन लागिरहेजसरी अनकनाउँदै सोधिन्– ‘तपाई ड्रिङस गर्नु हुन्छ कि हुन्न ।’ मैले नढाँटि भनेँ– ‘अलि–अलि गर्छु ।’ आधा घन्टा त्यहाँ बसेपछि उनलाई घर पुर्‍याएर फकिएँ । त्र्यसपछिचाहिँ बिहेअगाडि अब नभेट्ने भनेका थियौं तर मन किन मान्थ्यो र ? फेरि बहाना बनाएर रेस्टुरेन्टमा भेट्यौं ।
२०५९ फागुन १३ गतेका लागि हाम्रो बिहे तय गरियो । तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरीलगायत कलाकर्मी जन्ती हुनुहुन्थ्यो । साथीहरु मलाई छेड हान्दै हँसाइरहेका थिए । हास्य कलाकारहरुका बीच बिहेको माहोल नै हास्य थियो । बिदाइका बेला बेहुलालाई बोकेर बाहिर निकाल्ने चलन थियो । मलाई एकदमै अड लाग्थ्यो । त्यसैले आफ्ने बिहेमा चाहिँ त्यो चलनलाई प्राथमिकता दिइनँ । भन्न त भन्दै थिए, बोक्नुपर्छ भनेर । मैले पनि जोक्स गरिदिएँ– ‘बोक्ने नै हो भने कि त बोकेरै घरसम्म पुर्‍याउनुपर्छ, नत्र एकैछिनलाई बोकी माग्नेवाला म छैन ।’ अन्माउने बेलाँ मुना रुन थालिन् । मलाई नरमाइलो लाग्यो । अब बेहुलो न परियो, सबैका अगाडि नरोऊ भन्दै फकाउन पनि नमिल्ने । मनमा नमज्जा लागिरहेको थियो, अरु मानिससँग बोलेको निहुँ पारेर आफ्नै मनलाई सान्त्वना दिँदै बसियो । चोभारसम्म आइपुग्दा पनि सुँक्क–सुँक्क गरिरहेकै थिइन् । उनी हाँसुन् भनेर जोक्स गर्थें– ‘ए…दुलहीहरु रुने त घरआँगनसम्म मात्रै पो रहेछ, आधा बाटो आएपछि त किन रुन्थे र ? मिलाएर रुन खप्पिस हुँदा रहेछन् ।’ यस्तो सुनेपछि उनी रिसाएजस्तो गथिनर्् । तर मनमनै चाहिँ हाँसिरहेकी छिन् जस्तो लाग्थ्यो, म चाहन्थें पनि त्यही ।
नयाँ मान्छे परिन् उनी, नयाँ ठाउँ नयाँ परिवारमा एड्जस्ट हुन केही समय त लागिहाल्छ । विबाह पहिला एक्लै खानेरसुत्ने गरेको, विबाहपछि संगै हुदा केहि गाह्रो हामिलाई पनि भएको थियो ।
म उनलाई मुना भनेर सम्वोधन गर्थें, उनी बाबा भनेर बोलाउँथिन् । अहिले पनि त्यसै गर्छौं । मेरो वास्तविक लवचाहि बिवाहपछि पर्‍यो । बिहेको दुई महिनामै बुबा बित्नुभएपछि हामी हनिमुन मनाउन गएनौं । दुलहन फर्काउन जाने–आउने हुदै समय पनि बित्दै गयो । गीतान्जलि कार्यक्रम सकेर राति १०–११ बजे आउँदा उनि रिसाउथिन् । दुई वर्षपछि पहिलो सन्तान छोरी समृद्धि जन्मिइन्, त्यसको दुई वर्षपछि छोरो सक्षम जन्मियो । अहिले त छोरी ८ वर्ष पुगिसकिन्, छोरो ६ वर्षको भयो । छोरालाई कसैले तिम्रो नाम के भनेर सोधे ‘बाबुराम भट्टराई’ भन्छ ।
कार्यक्रमका सिलसिलामा मुनालाई पुर्वाञ्चलतिर लिएर गएको थिएँ । त्यहाँ पनि राम्ररी खुलेर बस्न पाइरहेका थिएनौं । फ्री टाइममा फ्यानहरुसँग फोटो खिचाउँदै, कुराकानी गर्दै सकिन्थ्यो । जतिखेरै अन्त व्यस्त भएको देख्दा उनी रिसाएजस्तो गथिनर्् । तर, अहिले त उनले यी सबै कुरा बुझिसकेकी छन् ।
पहिलोचोटि ज्वाइँ बनेर ससुराली जाँदाको अनुभूति पनि रमाइलै हुँदो रहेछ । सबैले सम्मान गर्ने । खानामा पनि अनेक प्रकारका तरकारी बनाएका हुन्थे । मलाई अड लाग्थ्यो । ज्वाइँ मान्छे केही बोलिहाल्न पनि भएन ? यसै त हास्य कलाकारलाई जोकर भन्छन्, त्यसमाथि कस्तो ज्वाइँ रै’छ भन्लान् कि भन्ने डर ? एक दिन श्रीमतीलाई आफ्नो अप्ठ्यारो सुनाएँ, त्यसपछि चाहिँ ससुराली अहिले मेरो घरजस्तो भएको छ, एकदमै सजिलो ।
अब त पुराना भइसक्यौं एकअर्काका लागि । ठाकठुक पनि निकै पर्छ । नामअनुसार मेष र वृश्चिक राशि हो हाम्रो । यी दुई राशि एकअर्कासँग कहिल्यै नमिल्ने खालका हुन्छन् रे ? एकदमै रिसाहा । फेरि यिनीहरु एकअर्कालाई नभई नहुने पनि हुन्छन् रे ? हाम्रो सम्बन्ध पनि त्यस्तै छ, छिनमै झगडा पर्ने अनि छिनमै पानी भइहाल्ने । प्राय : किचेन सम्हाल्ने र कोरीबाटीमा समय लगाउने कुरामा उनीसँग ठाकठुक चल्छ । म किचेन तिमीले नै सम्हाल्नुपर्छ सधैं भन्छु ।

उनीचाहिँ तपाईंले परिवारसँग बढी समय बिताउनुपर्छ भनेर करकर गछिनर्् । कतै पार्टीमा जनुपर्दा म एकैछिनमा तयार भइहाल्छु, उनको चाहिँ मेकअपै लामो । अनि केही त भन्नु परिहाल्यो । हामीबीचको ठाकठुकलाई नर्मल बनाउमा चाहिँ म नै अगाडि हुन्छु । म भन्छु– ‘जीवनमा म तिमीसँग जहिल्यै हारेको छु ।’ यस्तो सुन्दा उनी खुब हाँस्छिन् । मलाई पनि रमाइलो लाग्न थाल्छ ।
हामीबीच उमेरमा आठ वर्षको फरक छ । अलिअलि ठाकठुक चले पनि खुसी र सुखसाथ जीवन गुजारिरहेछौं । आपसी सम्बन्धप्रति एकदमै सन्तुष्ट छौं । उनले मेरो जीवन सार्थक बनाएकी छन् । उनी बिनाको जीवन निरर्थक होलाजस्तो लाग्छ ।
नोट : (सौर्य दैनिक पत्रिकामा कार्यरत रहदा प्रकाशित भएको लव स्टोरी)