चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

LAKKA JAWAN Movie Song || Dilip, Priyanka, Salon, Barsha
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २९ बुधवार ।
चैत २१ गतेबाट प्रर्दशनमा आउँने चलचित्र ‘लक्का जवान’को ‘मुसुक्कै हाँस्न माया’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड लोकगीतमा बाबुल गिरीको शब्द र संगीत छ । बाबुलसँगै जुनु रिजाल काफ्लेले आवाज दिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

शिवहरि पौडेलले निर्देशन गरेको चलचित्रमा दिलिप, प्रियंका, वर्षा, सलोनसँगै किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, बिमला गिरी लगायतका कलाकारको अभिनय छ । ‘आमा बगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको ‘लक्का जवान’ शिवहरिको डेब्यु निर्देशन हो ।

भिडियो हेर्नुहोस् :

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘लक्का जवान’को सहनिर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनिया लगायत छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरिको हो ।