‘लभ डायरिज’को गीतमा सुशीलसँग प्रिष्मा र प्रिन्सीको नृत्य (भिडियो सहित)

Love Diaries -Chham Chham song Twinny Girl
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष १४ सोमवार ।
फागुन २ गतेदेखि प्रर्दशनमा आउने चलचित्र ‘लभ डायरिज’को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा चलचित्रका कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन् ।
दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । टिकटकबाट चर्चामा आएका प्रिष्मा र प्रिन्सीले पहिलो पटक चलचित्रको गीतमा नृत्य प्रस्तुत गरेका हुन् ।मधु बास्तोलाको कथा तथा पटकथा रहेको चलचित्रमा विनोद सापकोटाको लगानी रहेको छ । संजय लामाले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।(भिडियो हेर्नुहोस्)

सौरभ चौधरीले निर्देशन गरेको लभस्टोरी चलचित्रमा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् ।