चलचित्र ‘म यस्तो गीत गाउँछु २’को तोकियो प्रर्दशन मिति

‘ma yasto geet gauchhu2’ nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २२ शुक्रवार ।
सुर्दशन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रर्दशन मिति तय गरिएको छ । यो चलचित्र फागुन २३ गते देखि प्रर्दशनीमा आउने छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पनि पुजा र पल जोडीको रुपमा प्रस्तुत भएका थिए । यसको दोस्रो पार्टमा पुजा र पलको जोडी दोहोरिएको छ । यो चलचित्रको छायांकन लगभग सकिसकेको छ। तर, हाल सम्म चलचित्रको केहि पनि सामग्री बाहिरिएको छैन । यो चलचित्रलाई काठमाडौं भित्र रिच इन्टरटेनमेन्ट र जी जी ए गुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफ्डी कम्पनीले वितरण गर्नेछ ।