चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

MA YESTO GEET GAUNCHHU 2- POOJA SHARMA, PAUL SHAH
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १ बिहिवार ।
अभिनेत्रि पूजा शर्मा र निर्देशक सुदर्शन थापाको लगानीमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ ।

फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । यो चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ ।
चलचित्रको ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्रि पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ ।

ट्रेलर हेर्नुहोस् :

चलचित्रको ट्रेलरमा पल शाहलाई सुपरस्टार गायकको रुपमा देखाइएको छ । साथमा, पूजा शर्मालाई राइजिङ स्टारको रुपमा प्रस्तुत गरिएको छ । पल र पूजाको भेट, रोमान्स, प्रेम, करिअर र विछोडको वरिपरी यो चलचित्रको ट्रेलर प्रस्तुत गरिएको छ । चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत छ ।