मनि र रेखाको रोमान्स

mani chamling rai and Rekha Phago music video
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ १९, मंगलबार । १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका मोडल मनि चाम्लिङ र चलचित्रमा समेत काम गरिसकेकी अभिनेत्री रेखा फागो एकसाथ एक म्युजिक भिडियोमा देखिएका छन् । गायिका पार्वती राईको स्वरमा रहेको ‘काठमाडौमा धरर मेलम्चिको पानी’ बोलको गीतमा मोडल मनि र अभिनेत्री रेखाले रोमान्स गरेका हुन् । काठमाडौमा धरर मेलम्चिको पानी’ गीतमा शब्द तथा संगीत विक्रम राईको रहेको छ ।
निर्देशक उमेश गुरुङको निर्देशनमा बनेको म्युजिक भिडियोमा मनि र रेखाको जोडी मिलेको छ । गदावरी आसपासमा खिचिएको म्युजिक भिडियोलाई मेघराज मंग्रातीले खिचेका हुन् । म्युजिक भिडियो चाडै सार्वजनिक गरिने मोडल मनिले बताए ।