miss mongol nepal 2017 winner anita lama
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ २९ सोमबार । ‘मिस मंगोल नेपाल(२०१७’ को उपाधि अनिता लामाले जितेकी छन् । अनिताले उपाधीसंगै नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् भने प्रतियोगितामा उनी पङ्चुयालिटी विधाको हकदार पनि भइन् । प्रतियोगिताको यस नवौं संस्करणमा प्रतियोतिगामा फोटोजेनिक एवार्डसहित खुसी मगर फस्ट रनर्सअप तथा श्वेता थापा मगर सेकेन्ड रनर्सअप घोषित भए ।
मंगोल समुदायको जातीय पहिचान एवं सांस्कृतिक सेरोफेरो सञ्चालित यो प्रतियोगितामा २९ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा वरिष्ठ चलचित्रकर्मी नीर शाह मुख्य निर्णायक थिए । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित यो प्रतियोगितामा भूमिका थापा लिडरसिप, रेभा सुनुवार पर्सनालिटी, निशा लिम्बू बेस्ट हेयर, रेनुका लामा बेस्ट स्किन, निशा राई डिसिप्लिन, महिमा राई फ्रेन्डसिप, केट्रिन कुलुङ पब्लिक च्वाइस तथा करुणा पून मगर ट्यालेन्ट विधाका विजेता चयन भएका थिए ।
रोजिन शाक्यले कोरियोग्राफी गरेको यो प्रतियोगितात्मक कार्यक्रममा गायकद्वय राजेश पायल राई तथा धीरज राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
View More
-
चलचित्र ‘पुरानो बुलेट’ ट्रेलरको डाइलग टिकटकमा भाइरल -
अनुप र सन्दिपा टर्कीमा रोमान्टिक बन्दा || ‘कप्स’को गीत रिलिज (भिडियो सहित) -
‘पुरानो बुलेट’को अफिसियल ट्रेलर रिलिज (भिडियो सहित) -
अनमोलको लोभलाग्दो क्रेज || नेपालगन्जमा हजारौँ दर्शकमाझ ‘क्याप्टेन’को प्रचार -
मलाइकाका छोरा ‘दबंग ३’ मा, हटाइयो आमालाई -
कसको नामको सिन्दुर लगाइन त अबिबाहित राखी सावन्तले ? -
अर्पण थापाको ‘घर’को छायांकन २० दिनमा नै सकियो -
‘दि ब्रेकअप’ टिम पुल्चोक इन्जिनियरिङ कलेज पुग्दा (भिडियो सहित) -
छिरिङ्ग डोल्मा बनिन् मिसेस नेपाल टुरिजम २०१९ -
‘पुरानो बुलेट’को फस्टलुक पोस्टर सार्वजनिक -
‘सालको पात’ गाउँदा बिवादमा परेका रवि ओडले दिए भावुक स्पष्टीकरण (भिडियो सहित) -
टी २० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत (भिडियो हेर्नुहोस्) -
सयकडा दश हेरेपछि मन्त्री पण्डितले भने : राष्ट्रिय फिल्म तोक्नु जरुरी छ -
गायिका तायाहाङ्मा राईको हङकङमा एकल सांगीतिक साँझ भव्य -
अनमोलको ‘क्याप्टेन’ ट्रेलर रिलिज (भिडियो)