‘सेन्टी भाइरस’को प्रर्दशन मिति सँगै फस्ट लुक सार्वजनिक

nepali movie senti virus first look
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक १९ मंगलवार ।
रियल जोडि धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

यो चलचित्र फागुन ९ गते देखि प्रर्दशनीमा आउने भएको छ । सार्वजनिक पोस्टरमा हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) एक्लै देखिएका छन् । सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्रमा सिताराम कट्टेलसँगै कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दिपक आचार्य लगायत कलाकारको अभिनय रहेको छ । धुर्मुस र सुन्तलीको निर्माणमा रहेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
उनीहरुको होम प्रोडक्सन सुबिहानी फिल्म्स् प्रा.लिको प्रस्तुति रहेको चलचित्रलाई डिन्डु लामाले निर्माण गरेका हुन् । यो चलचित्रको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (पाँडे)ले तयार पारेका हुन् । शैलेन्द्र डि.कार्कीले खिचेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।