फोटो पत्रकार दिवसमा प्रभातफेरी

Prabhat Fari in the photo reporter day

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १२,बिहिबार।  राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङको आयोजनामा भएको प्रभातफेरीमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता रहेको थियो ।

¥यालीपछि आयोजित कोणसभामा सामाजिक विकासमन्त्री घिमिरेले फोटो पत्रकार समाजका ऐना भएकाले समाजलाई सहयोग पुग्नेगरी पत्रकारले कलम चलाउनुुपर्ने बताउनुभयो । उहाँले पत्रकारको हकहितका लागि प्रदेश सरकार सहयोग गर्न कटिबद्ध रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष कुमोद अधिकारीले फोटो महासंघले पत्रकारको हकहितका लागि आवाज उठाउनुुपर्नेमा जोड दिनुभयो ।

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य वेदराज पौडेलले स्थानीय निकायमा भएको विकास निर्माणसम्बन्धी जानकारी दिन फोटो पत्रकारलाई रोजगार दिनुपर्ने बताउनुभयो ।