चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक|| सेलिब्रेटीको क्रेज र फ्रस्टेशन

SELFIE KING || Nepali Movie Teaser || Bipin Karki
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १८ बुधवार ।
विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता बिपिन कार्कीको केही संवाद समावेश छन् । विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङ्ग’को टिजरमा विपिन कार्की मात्र प्रस्तुत छन् । चलचित्रको प्रदर्शन मिति माघ २४ गतेलाई तोकिएको छ ।

‘सेल्फी किङ्ग’को टिजरमा सेलिव्रेटीको क्रेज र फ्रस्टेसनलाई प्रस्तुत गरिएको छ । चलचित्रको मुख्य भूमिकामा प्रस्तुत भएका अभिनेता बिपिन कार्कीले ‘सेलिब्रेटी र पपुलारीटी भन्ने कुरा मुतको न्यानो जस्तो मात्रै रहेको’ भन्ने संवाद बोलेका छन् । यस प्रकारको संवादले चलचित्रमा सेलिब्रेटीको भित्री पाटो देखाउन खोजिएको भन्ने बुझिन्छ ।
चलचित्र ‘सेल्फी किङ्ग’ लाई सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्माता थापा र निर्देशन राउत मिलेर चलचित्र प्रसाद बनाएका थिए । चलचित्र ‘सेल्फी किङ्ग’मा बिपिनसँगै कलाकार लक्ष्मी वर्देवाको अभिनय र नायिका केकी अधिकारीको एउटा नृत्य छ ।चलचित्रको प्रदर्शन मिति माघ २४ गतेलाई तोकिएको छ ।