सृष्टिले आर्यनलाई छाडी किशोरसंग रोमान्टिक बन्दा || ‘बाँध मायाले’ को गीत सार्वजनिक (भिडियो)

Shristhi Shrestha and Kishor Khadka BANDHA MAYALE movie Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७५ भाद्र २९, शुक्रबार । फिल्म बाँध मायाले को तेश्रो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको सँग सँगै बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् । शब्द संगीतकार पोखरेल नै लेखेका हुन् ।

नायिका सृष्टि श्रेष्ठ र नव नायक किशोर खड्का फिचरिङ रोमान्टिक गीतमा कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन् । यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यसअघि सार्वजनिक बाँध मायाले को शिर्ष गीतलाई रुचाइएको छ । फिल्मको प्रोमोले दर्शकको ध्यान तानेको छ । फिल्म असोज ५ गतेदेखि अल नेपाल प्रदर्शन हुँदैछ ।
सविर श्रेष्ठ निर्देशित फिल्म बाँध मायाले मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा नव नायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सह निर्माता महेन्द्र अधिकारी हुन् ।