चलचित्र ‘कहीँ कतै’को ट्रेलर रिलीज (भिडियो)

Siwani Giri and Sonam Barphungpa movie KAHI KATAI Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २७, बुधबार । श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलीज भएको छ । ट्रेलरमा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी लगायतलाई समेटिएको छ ।
ट्रेलरले चलचित्र केहि रोमान्टिक त केहि वियोगको कथामा रहेको प्रष्ट पारेको छ । नायक रायमाझीका आँखामा आँशु छचल्किएको छ । सोनम र सिवानीको प्रेमकथासँगै पीडा पनि ट्रेलरमा पाईन्छ ।
सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ ।
शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।