‘प्रेमगीत ३’मा सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक

sunil thapa prem geet 3
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष १२ शनिवार ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’का अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा कलाकार थापाको अवतार प्रभावशाली लाग्छ । भारी हिउँ परिरहेको बेलामा उनि कुनै पदयात्राको लागि निस्किएको पोस्टरले वर्णन गर्छ । एक पोस्टरमा उनले पौराणिक बाजा बजाइरहेका छन् । जसले दर्शकमा कौतुहलता पैदा गर्छ ।
निर्माण पक्षले थापाको भूमिका बारेमा खुलाएको छैन । हल पुगेर चलचित्र हेर्दा उनको भूमिका दर्शकलाई सरप्राइज सावित हुने निर्माता तथा निर्देशक सन्तोष सेनको विश्वास छ ।
दर्शकको लागि राम्रो चलचित्र पस्किन आफुहरुले मनाङको माइनस डिग्रीको चिसोमा मिहेनतका साथ काम गरिरहेको सेनले जानकारी दिए ।

चैत २८ गते रिलिज हुने चलचित्रको प्रदीप खड्का, क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मीलगायतका कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ । प्रचारको विन्दुमा दिनैपिच्छे चलचित्रसँग सम्बन्धित भिडियो सामाग्री पनि सार्वजनिक गरिने सेनले बताए।
यो चलचित्रमा सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठकोे डिओपी, हिमाल केसीलको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीलको सम्पादन रहेको छ ।