गायिका तायाहाङ्माको साकेला गीत ‘मौलिक हाम्रो पहिचान’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

Tayahangma Rai Sakela song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र २४, आइतबार । सधै फरक स्वादका गीतहरु ल्याउने क्रममा गायिका तायाहाङ्मा राईले अहिले भने साकेला गीत सार्वजनिक गरेकी छिन् । ‘मौलिक हाम्रो पहिचान’ बोलको म्युजिक भिडियो केही दिन अगाडी सार्बजनिक भएको छ । उक्त गित लाई गायिकाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कोरियामा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका गीतकार संगीतकार समाजसेवि तथा विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरियाका अध्यक्ष चन्द्र लामा अनुरागको शब्द रचनामा रहेको उक्त गीतलाई चर्चित संगीतकार शिव संगम राईले संगीत भरेका छन् । गीतकार चन्द्र लामा ‘अनुराग’ आफू गैर किरात भएर पनि किराती संस्कार संस्कृतिमा आधारित गीतको शब्द रचना गरेका छन् । गीतकार चन्द्रयो म्युजिक भिडियोको निर्मातापनि हुन् ।
गायिका तायाहाङ्माको पछिल्लो एल्बम ‘कान्छी’मा समावेश रहेको गीतको एरेञ्ज भने सुन्दर लामाले गरेका हुन् । ‘हाम्रो मौलिक पहिचान’ गीतको म्युजिक भिडियोमा गायिका तायाहाङ्मा राईकी ममतामयि आमा दिल कुमारी राई दिदी हरु बृन्दा राई र गङ्गा राई किरातिम्मा समुहका गायिका पार्वती राई, सरला राई, कला राई, बेनुका राई, राधा राई, मेनुका राई, ममता राई, निलम राई,बाल कलाकारमा साया राई र याङ्पुमा राई रहेका थिए भने गायक तथा संगीतकार रुप कुमार राई, गायक तथा संगीतकार राई नबिन, गायक तथा संगीतकार शिब संगम राई, रेवत राई, देबेस राई, दिपेश चाम्लिङ्ग, बिनोद बिक्रम राई, नरेन्द्र राई, असोक राई लगायतको फिचरिङ्ग रहेको छ । म्युजिक भिडियोको निर्देशन गायिका स्वयम् तायाहाङ्गमा राईले गरेकी हुन् । गीतको म्युजिक भिडियो नियोन कृयसन स्टुडियोले खिचेका हुन् ।

भिडियो हेर्नुहोस् :-